पोर्नस्टार सनी लियोनमाथी अश्लीलता फैलाएको जिकिर गर्दै मुम्बईको एक अदालतमा मुद्दा दायर


 

मुम्बई । विश्वकै शीर्ष १५ पोर्नस्टार भित्रपर्ने इन्डो क्यानेडियन एडल्टस्टार सनी लियोनमाथी मुम्बईको एक अदालतमा रिट दायर भएको छ ।

 

मुम्बईका एक अधिवक्ताले सनीले अश्लीलता फैलाएको जिकिर गर्दै रिट दायर गरेका हुन् । सनी महिलाका कारण भारतीय संस्कृति दुषित भईरहेको अधिवक्ताले रिट निवदेनमा दाबी गरेका छन् ।

 

सनीले भारत छिरेर अश्लील र नंग्न फोटो खिचेर पत्रिकामा छपाएकी छिन्, जसका कारण व्यक्तिमा नकारात्मक सन्देश प्रवाह भईरहेको छ भनी रिट निवेदनमा उल्लेख गरिएको जनाइएको छ ।

 

अधिवक्ताको रिट स्वीकृतगर्दै अदालतमा सनी विरुद्ध मुद्दा दायर भएको हो ।

 

– एजेन्सी