आइसीसी विश्वकप डिभिजन फोर क्रिकेटमा नेपालको लगातार तेस्रो जित, मलेसिया १० विकेटलेपराजित

आइसीसी विश्वकप डिभिजन फोर क्रिकेटमा नेपालको लगातार तेस्रो जित/मलेसिया १० विकेटलेपराजित 



शत्तीको विश्व किर्तिमान – थप समाचार आउन बाँकी 






एक दिवसीय क्रिकेटको बलिङमा शक्तिको विश्व कीर्तिमान



नेपाली क्रिकेटर शक्ति गौचनले एक दिवसीय क्रिकेटको बलिङमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।



आईसीसी वल्र्ड क्रिकेट डिभिजन फोरमा मलेसियाविरुद्ध उत्कृष्ट बलिङ गरेका शक्तिले वेष्ट इकोनोमी रन रेटमा वेष्ट इण्डिजका फिल सिमोनको २० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिए । उनको इकोनोमी रन रेट शुन्य दशमलव २० छ ।



यसअघि फिल सिमोनले सन् १९९२ डिसेम्बरमा पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन दिएर ४ विकेट दिएका थिए । उनको वेष्ट इकोनोमी रन रेट शुन्य दशमलव ३० थियो ।