एकिकृत माओवादीले आठ वर्ष अगाडी सिराहामा मारिएको स्मृति दिवस मनायो

– एकिकृत नेकपा माओवादीले आठ वर्ष अगाडी सिराहा जिल्लाको धनसवार भन्ने स्थानमा मारिएका शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृति दिवस मनाएको छ । रोल्पा जिल्लाको फुन्टीवाङ्गमा भएको केन्द्रिय समितिको वैठक सकेर फर्किएका शेरमान कुँवर र मोहनचन्द्र गौतमलाई सिराहाको धनसवारमा २०६१ साल भदौ २० गते नेपाली सेनाले गोली हानी हत्या गरेको थियो । सो कार्यक्रका प्रमुख अतिथि महाधिवेशन आयोजक समितिका सदस्य गंगा नारायण श्रेष्ठले पार्टीभित्र चरम दुई लाईन संघर्ष चलेको समयमा कुँवर-गौतमले साहदत प्राप्त गरेको स्मरण गर्दै भने मधेशमा पार्टीभित्रै ठूलो अन्तर संघर्ष चल्नु नै सहिद कुँवर-गौतमको मृत्युको कारण बनेको बताउनुभयो । आफैंले विश्वास गरेको कार्यकर्ताबाटै घात भएकाले कुँवर-गौतमलाई नेपाली सेनाले हत्या गरेको श्रेष्ठले बताउनुभयो । उनले कुँवर-गौतमको हत्याले माओवादी पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सहीदद्वयले देख्नुभएको अधुरा सपनाहरु ब्ोाकेर आफूहरु अघि बढिरहेको दावी गरे । सहीदहरुको सपना पुरा गराउन प्रतिकि्रयावादी शक्तिसँग एकिकृत नेकपा माओवादी कहिले पनि आत्मसमर्पण नगर्ने श्रेष्ठलबताउनुभयो ।

 

त्यसैगरी महाधिवेशन आयोजक समितिका अर्का सदस्य कृष्ण शर्माले देशमा भएका ठूला ठूला परिवर्तनको श्रेय सहीदहरुलाई जाने बताउनुभयो । सहीदहरुले छोडेर गएका सपनाहरुलाई माओवादी पार्टीले संकल्पको रुपमा लिएको उनको भनाई छ । त्यस्तै गणेश वुढाथोकीले कुँवर-गौतमले छोडेर गएको अधुरो जनवादी क्रान्तिलाई पुरा गरेर मात्रै उहाँहरुप्रति सम्मान गरेको ठहरिने बताउनुभयो । एकिकृत नेकपा माओवादी जिल्ला आयोजक समितिका सदस्य दीर्घराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कुँवर-गौतमको स्मृति दिवसमा वोल्दै सहीद गौतमले सहीदले गौतमकी श्रीमती अम्वीका देखाएको वाटो पुरा हुन्छ भन्नेमा शंका उत्पन्न भएको वताइन् ।