वेलायती राजकुमार ह्यारी फेरि अफगानिस्तान मिसनमा खटाइएका छन् । अपाचे हेलिकप्टरका पाइलट समेत रहेका राजकुमार ह्यारी अफगानिस्तानमा ४ महिना रहने बेलायती रक्षा मन्त्रालयले जनाएको छ । बेलायती सेनामा क्याप्टेन वेल्सका रुपमा चिनिने २७ बर्षिय राजकुमार ह्यारी बेलायती सेनाको हन्ड्रेड स्ट्रोङ स्वार्डमा सामेल भई अफगानिस्तान पुगेका हुन ।
यसअघि सन् २००७ र ०८ मा १० हप्ता गोप्य रुपमा अफगानिस्तान मिसनमा काम गरिसकेका ह्यारीको अनुभव अफगानिस्तानस्थित वेलायती मिसनका लागि उपयोगी हुने बेलायी नेभी दलका ज्वाइन्ट कमाण्डर जोक गोर्डनले बताएका छन् ।
अफगानिस्तानको हेलमण्डस्थित बेलायती सेनाको बेसमा ओर्लिएका राजकुमार ह्यारीले तालिवान बिद्रोही विरुद्धको कारबाहीमा युद्धक बिमानमा रही काम गर्ने बताइएको छ । राजकुमार ह्यारी बेलायती महारानी एलिजावेथ द्वितियाका कान्छा नाती हुन् । केही दिनअघि उनको न्यूड फोटो सार्वजनिक भएको थियो ।
एक खेलका दौरान उनी एक होटलमा नांगो केटीका साथमा नांगै भएको फोटो बाहिर आएपछि त्यसले पुरै विश्वमा सनसनी मच्चाएको थियो भने उक्त फोटो ह्यारीकै भएको बेलायतको शाही परिवारले समेत पुष्टी गरेको थियो ।
एजेन्सी
–