आफूहरूको माग प्रति बेवास्ता गरिएको भन्दै बहिर्गमित जनसेनाद्धारा आन्दोलन घोषणा

काठमाडौं  – लेनिन विष्ट नेतृत्वको बहिर्गमित जनमुक्ति सेनाले आफूहरूको माग प्रति बेवास्ता गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।


आफूहरूलाई राज्यले लगाएको अयोग्यताको बिल्ला हटाउनु पर्ने, विभिन्न बाहनामा पक्राउ परेका बहिर्गमित जनसेनाको अविलम्ब रिहाई गर्नुपर्ने, विशिष्ट व्यक्तिहरूलाई दिइएको आजीवन सुरक्षा र विशेष सुविधा फिर्ता लिनु पर्ने लगायतका माग उनीहरूले राखेका छन् ।


राजधानीको मिडिया इन्टरनेसनलमा शनिबार पत्रकार सम्मेलन गरी दुई सताभित्र माग पूरा नभए नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेका हुन् । त्यसबाट पनि मागप्रति उदासीन भए अनिश्चितकालीन हड्ताल गर्ने संयोजक विष्टले जानकारी दिए । RSS