खाचिकोट, अर्घाखाँची । अर्घाखाँचीको खाचिकोट गाबिस वार्ड न. ५ डिहिडाँडा स्थित चन्द्रा प्र भा उ. माबिमा ‘दियो ज्योति आमा समुह’ डिहीडाडा ५ ले एक ब् हत तीज गीत कार्यक्रमको आयोजना गरेको छ।
सो कार्यक्रममा १८ समुहले भाग लिएका थिए। कार्यक्रमको उदघाटन समाजसेवी झबिन्द्र आचार्यले गर्नु भएको थियो। कार्यक्रममा दियो ज्योति आमा समुहले स्वागत तीज गीत प्रस्तुत गरेको थियो।
कार्यक्रमको अध्यक्षता अनन्ता कुमारी शाहले गर्नु भ्एको थियो भने सन्चालन रेडियो देउरालीकी सन्चालिका शान्ता खासु मगर र त्रिलोक शाहले गर्नु भएको थियो।
यसैगरी गीतको मुल्याकनको लागि परिचय कला केन्द्रका प्रमुख जीवन पुन, साहित्य्कार अर्घाखाँचीका सद्स्य ईश्वरी जि .सि र राष्ट्रिय लोक गीत प्रतिस्ठान अर्घाखाँचीका प्रमुख राम प्रसाद अधिकारीलाई आमन्त्रण गरिएको थियो।
उक्त तीज गीत प्रतियोगीतामा प्रथम पुरस्कार सौजन्य रु ५००० खाचिकोट गाबिस निवासी तथा समाजसेवी सिद्दी राज भटराइले गर्नु भ्एको थियो भने दोस्रो अर्जुन घिमिरे रु ३५०० तेस्रो लक्ष्मी सुन चादी पसल फुदबाङ् रु २००० र सान्त्वना रु १००० कामना बस्त्रालय फुदबाङ्का केशब भटराइले सौजन्य गर्नु भ्एको थियो।
हजारौ दर्शकको उपस्थितमा आयोजीत सो तीज प्रतियोगीतामा प्रथम स्थानमा लालिगुरास आमा समुह नुवाकोट १ , दोस्रो स्थानमा ‘प्रगतीपुन्ज आमा समुह ‘खाचिकोट -६ भालुखोला , तेस्रो स्थानमा राधा कृष्ण आमा समुह खंचिकोट ५ र सान्त्नना श्रीजनासिल आमा समुहले आफ्नो स्थान हासिल गरेका थिए।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।