मधेसी गृहमन्त्री विजयकुमार गच्छदारद्धारा आफूले अगाडि सारेको प्रहरी महानिरिक्षक नबने गठबन्धन तोड्ने प्रचण्डलाई चेतावनी

काठमाडौ, २४ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूले अगाडि सारेको प्रहरी महानिरिक्षक नबने गठबन्धन तोड्ने चेतावनी दिएका छन ।


प्रचण्ड निवास लाजिम्पाट पुगेरका गच्छदारले हिजो मुख्य सचिव नियूक्त गर्दा आफूले दिएको बचनबाट प्रधानमन्त्री पछि हटेको भन्दै आफूले अगाडि सारेको अतिरिक्त प्रहरी महानिरिक्षक भिष्म प्रसाईलाई महानिरिक्षकमा नियूक्त नगरेर सरकार नै छाड्ने चेतावनी दिएका थिए ।


भेटमा प्रचण्डले आफूले प्रधानमन्त्री र पार्टीमा छलफल गरेर सो विवादको समाधान खोज्ने प्रतिबद्धता ब्यक्त गर्दै तत्काल आक्रोसित नहुन आग्रह गरेका थिए ।


प्रधानमन्त्री डा बाबुराम भट्टराई सहित माओवादी नेतृत्वले कुवेर सिह राणाको नाममा अडान लिईरहेको छ । जसका कारणले भदौ २९ गते बर्तमान आईजी रविन्द्र प्रताप शाहको पदावधी सकिदैछ । RSS