गुल्मी बस दुर्घटनामा ३ जना अर्घाखाँचीबासीको मृत्यु
भाद्र २४ गते, २०६९ मा प्रकाशित
तम्घास, गुल्मी । गुल्मीको तम्घासबाट काठमाडौंका लागि छुटेको लु. १ ख. ५५८३ नम्बरको डाँक बस लुम्घामा दुर्घटना हुँदा अर्घाखाँचीका ३ जना सहित १४ जनाको मृत्यु भएको छ ।
स्थानिय अधिकारीहरुले जानकारी गराए अनुसार उक्त दुर्घटनामा मर्नेहरु ३ जनामा अर्घाखाँचीको मरेङ्ग गाविस वडा नं. ५ का गण बहादुर क्षेत्री, अर्खाखाँचीकी तर पुरा ठेगाना नखुलेका कमला भुसाल र चन्दा भुसालको ज्यान गएको छ।
थाहा भए अनुसार २० जना भन्दा बढी घाइते छन् । सडकबाट झण्डै २ सय मिटर तल खसेको बसको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
स्थानीय बासिन्दाका अनुसार बस सडकबाट धेरै तल खसेको र अधिकांश यात्रु र बस अप्ठ्यारो भिरमा क्षत विक्षत अवस्थामा छन् । वस हर्दिनेटा गाविसको लुम्छा भन्ने स्थानमा दुर्घटना भएको हो ।
सडकमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा बस दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
भिडियो स्रोत: गुल्मी न्युज
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।