– उमाकान्त पाण्डे “गाउंले”
रुपन्देही – बुटवल
रुपन्देही जानकीनगरका ऋशिराम शर्माको परिवारको दिनचर्या गाईभैसीको हेरचाहमा बित्ने गर्छ । बैदेशिक रोजगार बाट डेढ बर्ष अघी फर्केका शर्मा मात्र होइन उनका सबै परिवारका सदस्यहरु अहिले गाईभैसीको हेरचाहमा ब्यस्त हुन्छन । १६ बर्ष सम्म खाडी मुलुक सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा कार्यरत शर्मा अहिले ५६ बर्षका भए । मेहनत गरी पसिना बगाउने समय उनले बिदेशमा दु:ख पाए । घरेलुकामदारको रुपमा दुबइ पुगेका उनी अहिले भने आफ्नै पशुपालन व्यवसायमा ब्यस्त छन ।
शर्माका ३ भाई छोरा हुन । कान्छो छोराले अध्ययन गर्दै छन । जेठो र माइलो दुई भाईपनि बैदेशिक रोजगार अन्तरगत दुबइमा काम गरेका छन ।
बिहान घडीले ६ नबज्दै ऋशिराम रुपन्देहीको बेलडाडा ८ मक्रहरमा रहेको गाई फर्ममा पुग्छन । उनलाई त्यहा पुराउन आफ्नो माइलो छोरा कृष्ण शर्माले सहयोग गर्छन् । शर्माका २९ बर्षिय छोरा कृष्ण पनि ९ बर्ष बिदेशमा काम गरी फर्केका हुन । यूएईको सारजाहमा एउटा ट्रेड सप्लायर्स कम्पनीमा सेल्सम्यानमा कार्यरत कृष्ण अहिले बुवा सगै पशुपालनमा ब्यस्त छन । उमेरले २९ बर्षका कृष्ण अब आफ्नो बाँकी जीवन यसै व्यवसायमा बिताउने रहर बोकेर लागेको बताउछन ।
१७ वटा गाई र केही भैसी जम्मा गरी सुरु गरेको पशुपालन व्यवसायमा अहिले शर्माको परिवार दत्तचित्त भएर लागेका छन । बिदेशमा गएर दु:ख पाउनु भन्दा आफ्नै गाउंठाउमा केही गरौ भनेर आफुहरुले यो व्यवसाय सुरु गरेको फर्म संचालक कृष्ण शर्माले बताए ।
दुबइमा ९ बर्ष काम गरी फर्केका कृष्णले आफ्नी श्रीमतीलाई पनि बैदेशिक रोजगारका लागि लगेका थिए । अहिले उनीहरु मिलेर नेपालमै पशुपालन व्यवसाय गर्न लागेका छन । मक्रहर ८ बेलडाडामा १ बिज्ञाह जग्गामा एउटा फर्म बनाइ शर्माको परिवार पशुपालनमा लागेका हुन । ५ कठ्ठा आफ्नै र १५ कठ्ठा जमिन भाडामा लिएर पशुपालन गरेका छन । जमिनको भाडा वार्षिक करीब २५ हजार रुपैया तिर्नु पर्छ । १७ वटा होलस्ट्यान र केही जर्सी जातको गाई बाट दैनिक करिव १ सय १५ लिटर भन्दा बडी दुध उत्पादन गरी उनीहरु बजार पुराउछन । उनीहरुले १ कठ्ठा जग्गामा माछा पालनका लागि पोखरी समेत बनाएका छन । पोखरीमा बिभिन्न जातका माछा समेत राखेर पालिएको छ ।

डेढ बर्ष अघी स्वदेश फर्केका शर्माका परिवारले सुरुमा यहाँ के गर्न सकिन्छ भन्नेमा अध्ययन गरेको बताए । जिल्ला पशुसेवा कार्यालय रुपन्देही अन्तर्गत दर्ता भएर स्पार्क गाइ फर्म मार्फत उनीहरु पशुपालन तर्फ लागेका हुन । “बिदेशमा अरुको घरको काम गर्नु भन्दा आफ्नो परिवार सगं बसेर आफ्नै घरको आफ्नै पेशा गर्नु ठीक लाग्यो त्यसैले यो व्यवसायमा हातहाल्ने सोच बनाए” ऋशीराम शर्माले भने । उनका अनुसार ” पशुपालन आँफैमा राम्रो व्यवसाय भएपनि मेहनत गरे जस्तो आम्दानी भने छैन । “अझै समाजले यो व्यवसायलाई हेयको भावनाले हेर्ने गर्छन् , लामोसमय सम्म बिदेश बसेर आएको ब्यात्तीले किन पशुपालन तर्फ लागेका होलान भनेर अरुले हेपाइका शब्द प्रयोग गर्ने” गरेको बताए ।
उनका छोरा कृष्ण पनि अहिले बुवा सगैं ब्यवसायमा होमिएका छन । भविश्यमा फर्म मार्फत मापदन्ड पुरागरेर रिसर्च सेन्टर बनाउने आफुहरुको योजना रहेको उनले बताए । आधुनिक तवर बाट पशुपालनलाई व्यवस्थित गर्न सकेमा राम्रो आम्दानी हुने उनको विश्वास छ । उनका अनुसार यो व्यवसायमा जोखिम पनि उत्तिकै छ । “किसानले सस्तोमा दुध दिनु पर्छ बिचमा हुने “गोलमाल”ले गर्दा उपभोत्ताले महगोंमा दुध किन्नु पर्ने अवस्था छ”। “दाना महगों छ, स्याहार सुसार बढी गर्नुपर्छ,औषधी उपचार महगों छ,काम गर्ने मान्छे भेटाउन पनि गार्हो छ कृष्णले अर्घाखाँची डट्कम् लाई भने।” “प्रयाप्त घास पाउन छोडेको छ , गाई भैसीकोलागी आबश्यक पर्ने डालेघास प्रयाप्त पाइदैन , भुइघासलाई पनि जग्गाको अभाब छ , जहाँत्यही प्लटिङ छ , घास रोप्ने जमिन समेत अभाब छ” शर्माले भने ।
“किसानले प्रती लिटर रु.२७ देखी ३२ – ३४ रुपैया सम्मको मुल्यमा डेरी वा अन्य सहकारी सस्थालाई दुध बिक्री वितरण गर्ने गरेको भएपनि खास प्रयोगगर्ने प्रयोगकर्ता ” उपभोत्ता” सम्म पुग्दा दुधको भाउले ४४ नाग्छ, मेहनत गर्ने किसानले प्रत्यक्ष नाफा नपाएको स्थिती छ, कृष्णले भने।तर पनि के गर्ने बिदेश गएर काम गर्नु भन्दा आफ्नै देशमा गर्दा राम्रो हुन्छ,ढिलो चाडो आम्दानी होला उनले भने । “बिदेश गएर पनि देखियो , त्यहाको पनि स्थिती बुझियो , आखिर जती धेरै समय त्यहा बसे पनि आखिर फर्किने नेपालमै हो त्यसर्थ हामीले आफ्नो लगानी र मेहनत स्वदेशमै गर्न सक्नुपर्छ उनले थपे।” आफुहरुले अब निकट भबिश्यमा बाख्रा पालन समेत गर्ने योजना बनाएको उनले डट्कम् लाई बताए । त्यसका लागि अहिले खेतको आली आलीमा बकैना लगायतको बिरुवा लगाइ सकेका छन ।
शर्माको परिवारले अन्य अर्को एक परिवारलाई समेत रोजगारी दिएका छन । गुल्मी इस्माका एक दम्पत्तीका २ बालबालिकालाई स्कुल पढाउने जिम्मा लिएर खान बस्न र मासिक तलब सहित राखेका छन । सबैकाम हामी आँफैले गरेर नसक्ने रहेछौ त्यसर्थ मान्छे खोजेर राख्नु परेको कृष्णले बताए ।
गाउंघरमा पशुपालन गरेपछी स्थानिय स्तरकै डेरीमा गएर पनि गुणस्तरिय दुध पाउन थालिएकोले एवम पशुपालनबाट उत्पादित मलले सागसब्जी समेत उत्पादन गर्न सकिने भएकोले यो व्यवसाय बहुआम्दानी मुलक पेशा हो मक्रहरका स्थानिय युवा विश्वनाथ सापकोटाले भने । दैनिक १५ सयको हाराहारीमा बैदेशिक रोजगारीका लागि युवा बिदेशिने गर्छन् । तर बैदेशिक रोजगार बाट फर्केर युवाहरुले गरेका उदाहर्णिय कार्यलाई सिको गर्ने हो भने गाउठाउमै मनग्य आम्दानी हुने सापकोटाको भनाइ छ ।