विश्व क्रिकेट लीग डिभिजन ४ का सबै पाँच खेल र फाइनल जितेर लिग च्याम्पियन बन्दै स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत

नयाँ इतिहास रचेका नेपाली क्रिकेट खेलाडीलाई विमानस्थलमा भव्य स्वागत काठमाडौं  । विश्व क्रिकेट लीग डिभिजन ४ का सबै पाँच खेल र फाइनल जितेर लिग च्याम्पियन बन्दै स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ ।

 

टोलीलाई विमानस्थलको विशिष्ट कक्षबाट भित्र्याइएको छ । टोलीको स्वागतका लागि सांस्कृतिक बाजागाजासहितको टोली पुगेको छ ।

 

नेपाललाई गौरवशाली र ऐतिहासिक जीत दिलाएकोमा टोलीलाई स्वागत गर्न विमानस्थलमा थुप्रै क्रिकेटप्रमीहरु पुगेका छन् ।

 

यो नेपाली राष्ट्रिय टोलीको अहिलेसम्मकै ठूलो सफलता हो । नेपाली राष्ट्रिय टोलीले विदेशी भूमिमा जितेको यो पहिलो र अन्तर्राष्ट्रिय क्रिकेट परिषद, आइसीसीको दोस्रो उपाधि हो ।

 

दुई वर्षअघि काठमाडौंमै डिभिजन ५ को उपाधि जित्नेक्रममा पनि नेपालले अमेरिकालाई नै फाइनलमा ५ विकेटले पराजित गरेको थियो। RSS