डोल्पा । विकट हिमाली जिल्ला डोल्पाको माथिल्लो भेग से मा १२ वर्षे मेला सम्पन्न भएको छ । प्रत्येक १२ वर्षमा माथिल्लो डोल्पाको से मा लागेको यो ६६ औं मेला हो ।
गत विहिवार शुरु भएको ६ दिने मेलामा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर र रेडक्रसले आँखा रोगको उपचार शिविर राखेका थिए ।
मेलामा धनुवाण, घोडादौड र सांस्कृतिक कार्यक्रम गरिएको थियो । मेला अवलोकनमा ठूलो संख्यामा विदेशी नागरिक समेत सहभागी थिए ।
से