दोस्रो साफ महिला फुटबल सेमीफाईनलमा अफगानिस्तानलाई ७-१ ले हराउदै नेपालले अर्को समुहको उपविजेता श्रीलकासँग खेल्ने

काठमाडौं  । अफगानिस्तानलाई हराँउदै नेपालले दोस्रो साफ महिला फुटबल च्याम्पियनसिपको सेमीफाईनलमा श्रीलंकासँगको भिडन्त तय गरेको छ । आज भएको अन्तिम लिग खेलमा अफगानिस्तानलाई ७-१ ले हराउदै समुह विजेता बनेपछि नेपालले अर्को समुहको उपविजेता श्रीलकासँग खेल्ने पक्का भएको हो । प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा साविक विजेता भारत र अफगानिस्तान भिड्नेछन् ।

नेपाल विरुद्ध आजको खेलमा पराजित भएपनि यसअघि एक जीत र एक बराबरी दर्ता गराएको अफगानिस्तान पनि समुह उपविजेता बन्दै सेमीफाईनलमा उक्लिएको हो । अफगानिस्तान विरुद्ध नेपालको जीतमा निरु थापा, अनु लामा र सन्जना रानाले दुई दुई गोल गरेभने कप्तान जमुना गुरुङले एक गोल गरिन् । पराजित टोली अफगानिस्तानको लागिभने मार्जनले एक सान्तोना गोल गरेकी हुन् ।

जारी साफ महिला च्याम्यिनसिपको पहिलो खेलमा पाकिस्तानलाई ८