प्रथम एनसेल कप फुटबल प्रतियोगिता काठमाडौंमा शुरु

काठमाडौं । प्रथम एनसेल कप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज दिउसो थ्रिस्टार क्लवले मध्यपुर युथ एशोशीएशनको सामना गर्नेछ ।

 

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा संचालन हुने प्रतियोगितालाई एनसेलले प्रायोजन गरेको छ ।

 

अहिलेसम्मकै सर्वाधीक ठुलो नक आउट फुटबल प्रतियोगिता भनिएको यस प्रतियोगितामा ए डिभिजनमा १६ वटा टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ वटा समुहमा विभाजन गरिएको छ । ती प्रत्येक टोलीले समुहमा लिग खेल खेलेपछि विजेता र उपविजेता टोली क्वाटरफाईनलमा उक्लनेछन् । क्वाटरफाईनल देखीभने प्रतियोगिता नकआउट शैलीमा हुनेछ । RSS