नेपाल टेलिकम र एनसलका सिम प्रयोग गरी कल वाईपास गर्ने तीन जनालाई पोखराबाट पक्राउ

पोखरा  । नेपाल टेलिकम र एनसलका सिम प्रयोग गरी कल वाईपास गर्ने तीन जनालाई आज पोखराबाट पक्राउ गरिएको छ ।

 

कास्की सिद्ध ४ का बिनोद सिंह, गोर्खा, बुङकोट ७ का तीर्थ ढकाल र पर्वत तिलहार ९ का केशव गौतमलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

 

 पोखरा नगरपालिका वडा नम्बर ९ नयाँबजारस्थित डेराबाट विगत ५ महिनादेखि उनीहरुले कल वाईपासको धन्दा गर्दै आएको प्रहरीले जनाएको छ ।

 

उनीहरुले डेरामै कल वाईपास गर्ने सबै उपकरण जडान गरी तीन दर्जज भन्दा बढी सिम प्रयोग गरी टेलिकम र एनसेललाई करोडौं नोक्सान पु