काठमाडौं – सूचना तथा प्रविधिका क्षेत्रमा पछिल्लो समय भएका उपलब्धी र प्रयोगबारे जानकारी गराउने दाबी सहित इन्फोडेभलपर्स क्यान सफ्टेक २०१२ राजधानीमा सुरु भएको छ । क्यान सफ्टेकको बिहिबार सूचना तथा संचार मन्त्री राजकिशोर यादवले उद्घाटन गर्नुभयो ।
सफ्टवेयर, सर्भिसेज र सोलुशनका क्षेत्रमा भैरहेका काम, त्यसबाट हासिल भएका प्रगतीबारे जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको कम्प्यूटरर्स एशोसिएशन अफ नेपाल (क्यान) ले जनाएको छ । क्यानले यस्तो प्रकारको मेला विगत पाँच वर्षदेखि गर्दै आएको छ ।
मेलामा सफ्टवेयर निर्माण एवं सेवा सम्बन्धी ३५ स्वदेशी कम्पनीका करिब ५० वटा अवलोकन कक्ष रहेका छन् । कम्प्यूटर सुरक्षा, बैंकिङ्ग, सूचना तथा लेखा व्यवस्थापन, इन्टरनेट सेवा सम्बन्धी अवलोकन कक्षहरु राखिएका छन् । मेला ४ दिन सम्म चल्ने छ । RSS