पहिलो खेलमै पराजीत हुँदा नेपाली टोली

 काठमाडौं, २९ भदौ २०१४ को विश्वकप फुटबल प्रतियोगिताको एशियाली छनोटमा जोडर्नसँगको पहिलो खेलमै पराजीत हुँदा नेपाली टोली, प्रशिक्षक कोहीपनि आलोचनाको परिधीबाट फुत्कन पाएनन । सामाजिक सञ्जालका भित्ताहरु कुरुप पारिए । अहिले मलेशियामा संचालित आईसिसि वल्र्ड कप लिग डिभिजन ४ क्रिकेटको उपाधि जित्दा अवस्था ठीक त्यसको विपरित देखियो ।
 
फाईनल खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्न पाउदा नपाउदै नेपालमा राष्ट्रिय टोली माथि बधाई र सम्मानको गुच्छाहरु बर्षिन थाले । प्रतिकुल अवस्थामा अनुकुल नतिजा निकालेपछि राष्ट्रिय टोलीको मुक्त कण्ठले प्रसंसा गरियो । हामीले त्यतिखेर फुटबलमा किन हार्‍यौं अहिले क्रिकेटमा किन जित्यौ त्यसको विश्लेषण गर्ने फुर्सद कसैलाई छैन । असफलतामा खुइल्याउने, सफलतामा सगरमाथा पुर्‍याउने नेपालीहरुको सस्कारगत त्रुर्टी नै बनिसकेको छ ।
 
नतिजा आए पछि प्रशंसा गर्नु भन्दा नतिजा नआउदै राष्ट्रिय टोली माथि लगानी गर्नु उचित कसैले ठानेनन् र अहिले पनि त्यतातिर ध्यान पुगेको छैन । चौतर्फी नगद सम्मान र नगद पुरस्कारले नेपाली क्रिकेट खेलाडी पुरस्कृत त भए तर उनीहरु आत्मै देखि सन्तुष्ट हुने अवस्था छैन । क्रिकेट एसोशिएसन अफ नेपाल ९क्यान० मा ब्याप्त राजनीतिक हस्तक्षेपको निर्मुलन र खेललाई ब्यवसायिक करण नगरीकन नेपाली क्रिकेट माथि नउठ्ने कुरा खेलाडीले बुझेका छन् ।
 
लिग डिभिजन फोर जित्नु ऐतिहाँसिक उपलब्धित पक्कै हो तर यसले हामीलाई बिश्वकप नै दिलाएको भने होइन । गन्तब्यहरु धेरै टाढा छन् खुट्कीलाहरु धेरै चड्नु छ । अहिले पाएका सम्मानले केही हौसला हिम्मत त बढाएका छन् तर बेला बेलामा चोट पु