
एजेन्सी । केही दिनअघि बेलायती राजकुमार ह्यारीको न्यूड फोटो सार्वजनिक भएपछि त्यसले संसारभरीमा निकै सनसनी मच्चाएको थियो ।
अहिले भने उही ह्यारीको भाउजु अर्थात् राजकुमार विलियमकी पत्नी राजकुमारी केड मिडलटनको अर्धनग्न तस्वीर प्रकाशित भएको छ ।
एक फ्रेन्च पत्रिकाले बेलायतकी महारानीकी बुहारी केटको टपलेस फोटो प्रकाशित गरेको जनाइएको छ ।
समाचारका अनुसार राजकुमारी केटको उक्त तस्वीर गएको हप्ता राजकुमार विलियम र राजकुमारी केट बेलायती महारानीको भतिजा लर्ड लिनलेको फ्रान्सस्थित महलमा छुट्टी मनाईरहेको अवस्थामा खिचिएको हो ।
उक्त पत्रिकामा राजकुमार विलियम र राजकुमारी केटको तस्वीर ४ पन्नामा भएको जनाइएको छ, जसमध्ये कयौं तस्वीरमा राजकुमारी केटलाई अर्धनग्न देखिएको बीबीसीले जनाएको छ ।
उक्त तस्वीर केही बेलायती पत्रिकामा समेत दिन खोजिएपनि बेलायती पत्रिकाले तस्वीर लिन इन्कार गरेको जनाइएको छ ।
हाल बेलायती शाही दम्पत्ती एशिया भ्रमणमा रहेका छन् ।
– RSS