नेपाल एकायन कराते संघको आयोजनामा भाद्र २९ गते सुरु भएको प्रथम अन्तर विद्यालय फुल कन्टयाट् एकायन कराते प्रतियोगिता को आज समापन भएको छ ।
भाद्र २९ गते सुरु भएको यस प्रतियोगिताको उदधाटन प्याप्सन नेपालका अध्यक्ष डा. बाबुराम पोख्रेलले गर्नु भएको थियो भने समापन पूर्व नागरिक तथा उडयान तथा भुमिसुधार राज्यमन्त्री दिलीप महर्जन ज्यूलॆ गर्नु भयो ।
प्रतियोगितामा जम्मा १९ वटा विद्यालयका ७ वटा तोल समुहका ८७ जना खेलाडि सहभागी भएका थिए ।
प्रतियोगितामा ५५ के.जी. तौल समुह तर्फ विशाल खडका मनिष कुमार श्रेष्ठ राम सुनार राम तामाङ्ग त्यस्तै ५० के.जी समुहमा भरत धवलाकोटी दुर्गा थापा मगर सरोज बस्नेत राजन घर्ती मगर त्यस्तै ४५ के.जी समुह तर्फ बिशाल रावल नविन गुरुङ्ग होम बहादुर गोतामे दिक्षान्तर तामाङ्ग त्यस्तै गरि ४० के.जी. समुह तर्फ रुपलाल चौधरी सन्जीव रावल धिराज पुन मगर विशाल राई ३५ के. जी. तर्फ अजय लामा विमल चौलागाई राजन लामा विशाल लामा ३० के.जी. तर्फ सुरज तामाङ्ग सुशान्त श्रेष्ठ घनश्याम तामाङ्ग लक्ष्मण अधिकारी र अन्तयमा २५ के. जी तर्फ समीर सेन्चुरी एलिश पुरी सुरज माझी विनोद तामाङ्ग क्रमशः प्रथम द्धितीय तृतीय र सान्तवना भएका छन् ।
प्रतियोगिताको निर्णयधीशमा अजय महार्जन हुनु हुनथियो भनि मुख्य निर्णायकमा रक्षक श्रेष्ठ हुनु हुनथियो ।
प्रतियोगितामा विजय विद्यार्थी खेलाडीहरु लाई पुर्व नागरिक तथा उड्यान तथा भुमि सुधार राज्य मन्त्री दिलीप महार्जनले। नगद पुरुस्कार कप सीलड तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।