आज विश्वकर्मा पूजा र तीजको दरखाने दिन बिशेष पूजाअर्चना गरेर मनाइदै

हिन्दु धर्मालम्बीहरुले विश्वकर्मा पूजा आज बिशेष पूजाअर्चना गरेर मनाउँदैछन् ।
आजको दिन विशेष गरि फलामजन्य उपकरणको पूजा गर्ने गरिन्छ । यस पर्वमा उद्योगधन्दा, कलकारखाना तथा मोटरलगायतका उपकरणको पूजा गर्नाले विश्वकर्मा प्रसन्न भई वर्षभरी लाभ दिने तथा चोटपटक नलाग्ने जनविश्वास रहिआएको छ ।
विश्वकर्मा पूजाका लागि बुटवलको सिद्धबाबा, नवलपरासीको दाउन्ने, दाङको मुसोटलगायत मन्दिरमा बिहानैदेखि सर्वधारणको घुइँचो लागेको छ ।
यसैबिच आज तीजको दरखाने दिन अर्थात एकभत्ते बिबिध कार्यक्रम गरेर मनाइदै छ । हिन्दू महिलाहरुको महान पर्व तीजको आज दरखाने दिन । नेपाली हिन्दु महिलाहरुले विशेष तयारीका साथ मनाइरहेका छन् ।
विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोली निराहार वर्त बस्ने भएकाले आज घरघरमा मिठो परिकार सहित दरखाने चलन रहेको छ ।
महिलाहरु आज माछा मासु वाहेक चोखो चिज खाएर भोलि निराहर वर्त बस्ने गर्दछन् । हिन्दू महिलाहरुको चाड भनिएपनि पछिल्लो समय अरु समुदायका महिलाहरु पनि तीज मनाउन थालेका छन् ।