आज हिन्दु धर्मालम्बीहरुको विश्वकर्मा पूजा, विशेष पूजाअर्चना गरेर मनाउँदै

काठमाडौं । हिन्दु धर्मालम्बीहरुले विश्वकर्मा पूजा आज विशेष पूजाअर्चना गरेर मनाउँदैछन् । आजको दिन विशेष गरि फलामजन्य उपकरणको पूजा गर्ने गरिन्छ ।

 

यस पर्वमा उद्योगधन्दा, कलकारखाना तथा मोटरलगायतका उपकरणको पूजा गर्नाले विश्वकर्मा बाबा प्रसन्न भई वर्षभरी लाभ दिने तथा चोटपटक नलाग्ने जनविश्वास रहिआएको छ ।

 

विश्वकर्मा पूजाका लागि बुटवलको सिद्धबाबा, नवलपरासीको दाउन्ने, दाङको मुसोटलगायत मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । RSS