नेपाली हिन्दू महिलाहरु आज दर खाएर तीज पर्व मनाउँदै

काठमाडौं  । तीजका अवसरमा हिन्दू महिलाहरु आज दर खाएर यो पर्व मनाउँदैछन् । नेपाली हिन्दू महिलाहरुले विशेष तयारीका साथ केही दिन अगाडिदेखि नै यस पर्वको रौनकमा जुटिसकेका छन् ।

 

विवाहित महिलाले पतिको दीर्घायूको कामना तथा अविवाहितहरु सुयोग्य पतिको माग गर्दै भोलि निराहार व्रत बस्ने भएकाले आज राति घरघरमा मीठो परिकारसहित दरखाने चलन छ ।

 

महिलाहरु आज माछा मासुबाहेक चोखो चिज खाएर भोलि निराहार व्रत बस्ने गर्दछन् ।

 

यसैगरी ४ गते विहिवार ऋषिहरुको पूजा गरी ऋषितर्पणी पर्व मनाउने गरिन्छ । हिन्दू महिलाहरुको चाड भनिएपनि पछिल्लो समय अरु समुदायका महिलाले पनि तीज मनाउन थालेका छन् ।

 

शहरहरुमा त यो चाड परम्परागत रुपमा भन्दा अलिक भड्किलो हुन थालेको टिप्पणी पनि सुनिन थालेको छ । तीज शुरु हुनुभन्दा दुई