काठमाडौं । पछिल्लो साता निरन्तर सकारात्मक रहँदै आएको शेयर बजार परिसूचकमा मंगलबार पनि सामान्य सुधार जारी रह्यो । यस दिन नेप्से उतार चढावबीच सवा तीन अंकले बढेर ४ सय २५ दशमलब चार सात विन्दुमा पुग्यो । यसदिन कारोबार भएका अधिकांश समूहका सूचकमा सुधार आयो ।
यसदिन जलविद्युत समूहमा सबैभन्दा उच्च २३ अंक बराबरले बृद्धि भयो भने उत्पादन मुलक समूहमा सबैभन्दा उच्च ८ अंक बराबरले गिरावट आयो । यसदिन कारोबार परिमाण पनि केही उच्च रह्यो । मंगबलबार नेपाल स्टक एक्सचेन्जमा ९२ कम्पनीको २ लाख ८३ हजार कित्ता शेयर १० करोड ५१ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको एक्सचेन्जले जनाएको छ ।
यसदिन राष्ट्रिय बीमा संस्थानको शेयर भाउँ १ सय २ रुपैयाँले बढ्यो भने यूनिलिभर नेपालको शेयर भाउँ १ सय ५६ रुपैयाँले घट्यो ।



