वासिङ्टन – माइक्रो सफ्ट कम्पनीका अध्यक्ष विल गेट्स विश्वको सर्वाधिक धनीको सूचीमा पहिलो स्थानमा रहेको फोब्स म्यागेजिनले सार्वजनिक गरेको छ। ४ सय धनी अमेरिकीको सूची जारी गर्दै फोब्सले ६६ अर्ब डलरसहित उनलाई सर्वाधिक धनी अमेरिकी तोकेको हो।
उनको सम्पत्ती गतवर्षभन्दा ७ अर्ब डलर बढेको छ।
वारेन वफेट दोस्रो धनीको सूचीमा छन्। उनीसँग ४६ अर्ब डलर छ। उनको पनि गत वर्षभन्दा ७ अर्ब डलर बढेको छ। ओरालक क्रपका लेरी इलिसन तेस्रो स्थानमा छन्। उनीसँग ४१ अर्ब रहको फोब्सले जनाएको छ। गत वर्षभन्दा सर्वाधिक पैसा जोड्नेमा उनी पहिलो स्थानमा छन्। गत वर्ष उनले ८ अर्ब डलर सम्पत्तीमा थपे।
पत्रिकाले धनी र गरिबबीचको खाडल यो वर्ष अझ धेरै फराकिलो बनेको दावी गरेको छ। – एजेन्सी



