काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार पनि शेयर बजार वियरिष ट्रेण्डमै थामियो । बजार परिसूचक नेप्से करिब डेढ अंकले झरेर ४ सय २० दशमलब चार चारमा आइपुग्यो । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेर झण्डै ४ अंकले झरेको नेप्सेमा अन्तिम समयमा थोरै सुधार भएको हो ।
होटल, विकास बैंक र अन्य बाहेक अरु समूहका सूचक ओरालो लागे । वाणिज्य बैंक समूहको सूचक सबैभन्दा उच्च करिब ४ अंकले गिरावट आयो । यस दिन कारोबार परिमाण उच्च रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ९४ कम्पनीको ५ लाख २४ हजार कित्ता शेयर ११ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।



