– कमला बस्नेत
साउनदेखि नै एकथरी महिलाहरु तीजको गीतमा झुम्दै आएका थिए । गत केही दिनदेखि त साँझ पर्नु नै परेन । दिउँसै पनि झुमिरहेका हुन्थे महिलाहरु तिज गीतमा । सबैजना हर्षोल्लासका साथ नयाँ नयाँ लुगा र मिठो मिठो दरका साथ तिजमा रम्दै गर्दा तम्घासमा मजदुरी गर्ने एक गरीब महिलालाई भने न दर खाने दिनमा तिज लाग्यो न त तिजको दिनमै । उनी साँझसम्म तम्घास बजारको एक कुनामा बसेर गिट्टी कुट्दै थिईन् । उनलाई तिजले त रोक्दै रोकेन, मुसलधारे पानी पर्दा सबैजना ओतको खोजीमा थिए उनी एउटा कुनामा ओत लागेर गिट्टी कुटीरहेकी थिईन, ६० रुपैयाँ कमाउनका लागी ।
अरु महिलालाई पसलहरुमा गहना कपडा छान्नको भ्याईनभ्याई थियो, उनले त्यती बेलासम्म एकबोरा सकिसकेकी थिईन् । दोश्रो बोरा सकेर ६० रुपैयाँ कमाउन भ्याईनभ्याई थियो । उनी थिईन् प्यूठान की साईली विक । उनका श्रीमान पनि अर्को घरमा मिस्त्री काम गर्दै थिए तिजभरी । तपाईँलाई माईत जाने रहर लाग्दैन भनेर सोध्दा