अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि एनओसी भित्र व्यापक आर्थिक अनियमितता भएको आरोप

काठमाडौं। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि एनओसी भित्र व्यापक आर्थिक अनियमितता भएको आरोप लगाउँदै खेलकुद सम्बन्धी विभिन्न संघ संस्थाहरुले आज राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतका संस्थाहरुले बुझाएको ज्ञापनपत्रमा नेपाल ओलम्पिक कमिटिलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिबाट प्राप्त आर्थिक सहयोग रकमको पारदर्शीमाथि गम्भीर प्रश्न उठाईएको छ ।


एनओसीलाई पछिल्लो तीन वर्षमात्रै विभिन्न १५ शीर्षकमा ६ लाख अमेरिकी डलर भन्दा बढी रकम प्राप्त भएपनि सो रकम नेपाली खेलकुदमा खर्च नगरिएको दावी ज्ञापनपत्रमा गरिएको छ । ध्रुव बहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटिले उक्त रकम कहिले र कहाँ खर्च ग