पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले एकैपटक एक भन्दा बढी महिलासँग सेक्स गर्ने गरेको कुरा बाहिर आएको छ । अंग्रेजी पत्रिकाहरुका अनुसार लेविन्सकीकी एक साथीले बताए बमोजिम उक्त पुस्तकमा क्लिन्टनले त्यसबखत एकै पटकमा एक भन्दा बढी युवतीसँग सेक्स गर्ने गरेको गोप्यताको बारेमा पनि उल्लेख गरिएको छ ।
लेविन्सकीकी साथीको अनुसार उक्त पुस्तकमा बिल क्लिन्टनको बारेमा कयौं अचम्मका कुराहरु पनि समावेश गरिएका छन् । ३९ वर्षीय लेविन्सकीको पुस्तकका बमोजिम त्यसबखत क्लिन्टन आफ्नी श्रीमतीसँग सेक्स गर्दैन थिए किनकी क्लिन्टन आफ्नी पत्नीबाट सन्तुष्ट थिएनन् ।
मोनिका लेविन्सकी बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति भएको समयताका सन् १९९५ देखि १९९७ सम्म ह्वाईट हाउसमा इन्टर्न रहेकी थिई । सन् १९९८ मा उनले क्लिन्टनसँगको सेक्स सम्बन्धको बारेमा खुलासा गरेर चर्चामा आएकी थिई ।



