– पशुपति श्रेष्ठ
दोहा – मध्यपुर्व खाडि मुलुक कतारमा अहिलेको परीभेषमा नेपालबाट कलाकार ल्याएर वर्षौ देखि आफ्ना सास्कृतिक कार्यक्रम प्रत्यक्ष देख्नबाट वञ्चित रहेका कतारमा कार्यरत नेपालीहरुलाई मुश्लिम धर्मावलम्विहरुका पर्वहरुको छुट्टिको अवसर पारेर मनोरञ्जन दिनको लागि कुनै पनि मुश्लिम वर्गहरुको पर्वमा विभिन्न नेपालीमा कार्यक्रमको नामाकरण गरी कार्यक्रम गर्नेहरुको अहिले लहरै चलेको छ। अक्टोवर महिनामा पर्ने मुश्लिम धर्मावलम्विहरुको दोस्रो महान पर्व बकरईदको अवसरमा तनहुँ सेवा समाज कतारले तनहुँ धमाका२०१२ कार्यक्रम प्रदर्शन गर्ने भएको छ ।
अक्टोवर महिनाको अन्तिम साता तिर पर्ने पर्व बकरईदमा तिन दिन कतारमा छुट्टि मिल्ने गर्छ। भने कार्यक्रम पहिलो र दोश्रो दिन दोहाको ड्रिमपार्कजु परिसर भित्र देखाईने भएको छ । दिउँसो ३ बजे देखि प्रदर्शन गरिने भनिएको सो कार्यक्रममा नेपालबाट ख्याति प्राप्त कलाकार ल्याउनका लागि आयोजक पक्षले पक्कापक्कि गरिसकेको कार्यक्रम संयोजक सन्तोष थापाले जानकारी दिनुभएको छ ।
नेपालबाट आउने कलाकारहरुमा नेपाली, भोजपुरी, मैथिली नृत्य तथा अभिनय र विभिन्न भाषाको टेलिसिरीयलमा आफ्नो अभिनय प्रदर्शन गरीसकेकी नेपालकी चर्चित नवनायिका डोली सरकारको प्रस्तुती बिशेष रहने थापाले जानकारी दिनुभयो ।
त्यस्तै गरी अन्य कलाकारहरुमा नृत्यांगना सम्झना बुढाथोकी, हास्यकलाकार हर्के हल्दार अर्थात बिष्णु सापकोटा, चर्चित लोक दोहोरी गायक याम क्षेत्री, लोक दोहोरी गायिका पुर्ण कला बिसी, नायिका सोविता सिम्खडा, रुपेश पराजुली, गौरव दर्पण, दिपक परियार , पुष्कल शर्मा र बाबु बोगटिलाई चयन गरेको संयोजक थापाले बताउनुभयो।
तनहुँ सेवा समाजले व्यवस्थापन गर्ने उक्त कार्यक्रमको टिकट दर कतारी रियाल २५, ५० र ७५ तोकिएको छ। भने कार्यक्रममा भएको मुनाफा सामाजिक कार्यका लागि उपयोग गरीने बताईएको छ।