कृष्ण खनाल
बुटवल स्वाधीन । कराँते फर वल्ड पीस भन्ने मूल नाराका साथ लुम्बिनीमा पहिलोपटक ँलुम्बिनी ओपन वल्र्ड कराँते च्याम्पिन्सीप, प्रतियोगिता आयोजना गरिने भएको छ । मंगलबार बुटवल आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल कराँते एशोसियसनका अध्यक्ष दाबा गुरुङले लुम्बिनीको प्रसार प्रसार तथा शान्तिको लागि पहिलोपटक कराँते प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
विश्वका ६० देशका करिव ८ सय जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता गर्ने मिति भने अझै निक्यौल गरिएको छैन । पश्चिमाचल कराँते संघका अध्यक्ष भरतबहादुर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लुम्बिनी आउने खेलाडीहरुलाई बुटवलको अतिरिक्त पोखरा र काठमाण्डौ लगायतका क्षेत्रहरुमा समेत अवलोकन गराउने कार्यक्रम छ ।
स्मार्ट सामसुङ मोबाईल बुटवलमा पहिलोपटक सामसुङ स्मार्ट मोबाईलको ब्राण्डेड मोबाईल शोरुम साचालनमा आएको छ । बुटवलको ट्राफिकचोकमा नेशनल मोबाईल हवको बुधवार सुभारम्भ गरिएको हो । कैलाश प्रधानले पहिलोपटक स्मार्ट फोनको व्यापार सुरु गरेका हुन् । उनले न्यूनतम १३ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँसम्मका विभिन्न मोबाईलहरुको विक्री शुरु गरिएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नेपाल कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले उद्घाटन गरेका हुन् । कार्यक्रमम नेपाल कराँते संघका केन्द्रीय उपाध्यक्ष दिपक मोल्होत्रा पश्चिमाचल कराँते संघका अध्यक्ष भरत बहादुर के।सी बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक स्थानीय व्यापारी गोपाल अधिकारी लगायतले सफलताको शुभकामना मन्तव्य राखेका थिए ।