भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा

– कृष्ण खनाल


बुटवल ।  भैरहवा स्थित युनिभस्रल मेडिकल कलेज शिक्षण अस्पतालले नवजात शिसु सघन उपचार कक्ष एनआईसिय  सचांलनमा ल्याएको छ ।  कलेजले यस क्षेत्रमा पहिलो पटक सुविधायुक्त एनआईसि यु सचांलनमा ल्याएको हो ।

 

 २० बेड रहेको एनआईसियु लागत एक करोड भन्दा बढी लागेको मेडिकल कलेजका प्रमुख प्रसासकीय अधीकृत अजय कुमार पीएसले जनाए । २० बेड मध्ये ३ बटा ईन्कुभेटर बेवी वाम एक थान भेन्टीलेटर जटील अवस्थाको उपचार पनि रहेको छ । भेन्टीलेटर मेसिनको मात्र २५ लाख मूल्य पर्दछ ।  सेवा चौविसै घण्टा संचालन हुने अस्पतालका पब्लिक रिलेसन सिप अफिसर सुसिल गुरुङले जानकारी दिए । उनका अनुसार एनआईसियु उपचारका लागि अहिले ५ बटा डाक्टरहरु रहेका छन् । अहिले २४ घण्टाको प्रति बेड शुल्क अस्पतालले ८ सय राखेको छ ।


एनआईसियुको उद्घाटन गर्दै बरिष्ठ बाल रोग बिषेशज्ञ डा.बिनोद पराजुलीले बाल मृत्युदर बढी रहेका बेला एनआईसियुको संचालन प्रशंसनीय भएको बताए । कार्यक्रममा मेडिकल कलेजका पि्र_िन्सपल भिके पहवा मेडिकल सुपरिटेण्डेण्ट एसडी मिश्र फाईनान्स प्रमुख सन्तोस कुमार बिएन जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठ लगायतले बोलेका थिए ।