१० बर्षे कृषि योजना कार्यन्वनमा जोड

– कमला बस्नेत


तम्घास, गुल्मी – जिल्लाको समग्र बिकाशका लागि गत वर्षदेखि ल्याईएको १० बर्षे कृषि योजना अब छिट्टै कार्यन्वनमा ल्याउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

 

१० कृषि योजनाको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा आज जिल्ला विकास समितिले आयोजना गरेको अन्तर्कृया कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । स्थानीय राजनितिक दल एवं सवै पक्षले माथिल्लो निकायमा घचघच्याउनु पर्ने कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल लगायतका वक्ताहरुले दिएका थिए ।


कार्यक्रममा योजनालाई कसरी कायान्वयनमा ल्याउने भन्ने विषयमा जिल्ला कृषि विकास कार्यालयका योजना विकास अधिकृत मणिरत्न अर्याल र जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक महेन्द्र मल्लले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, संघसस्था, राजनितिक दलका प्रतिनिधीहरुले आ