चीना थापा रेडियो सिन्धुलीगढी सिन्धुली
सिन्धुलीका २० गाविसका सर्वसाधारण अझै विद्युत सेवाबाट बन्चित रहेका छन् । जिल्लाका ५३ गाविस र एउटा नगरपालिका मध्ये ३३ वटा गाविस र एउटा नगरपालिकामा पनि आङ्शिक रुपमा मात्रै राष्ट्रिय प्रसारण लाईन पुगेको विद्युत प्राधिकरण कार्यालय सिन्धुलीले जनाएको छ । नगरपालिका क्षेत्रका सवै वडाहरुमा अझैपनि लाइन पुर् याउन नसकिएको विधुत प्राधिकरण सिन्धुलीका लिलानारायण चौधरीले जानकारी दिनुभयो ।
जिल्लाको भुबनेश्वरी गाविसको वडा नम्बर ७ र सितलपार्टी गाविसको वडा नम्बर ४ तीनखोप्रेमा दशै अगाडि नै बत्ती बाल्ने तयारी भईरहेको चौधरीले जानकारी दिनुभयेा । पछिल्लोपटक प्राधिकरणले जिल्लाको वेलघारी जरायोटार र भिमस्थान गावसमा विद्युत सेवा सुचारु गरेको थियो ।
जिल्लाका २० गाविस र नगरपालिका क्षेत्रका पनि केहि वडाहरुमा विद्युत विस्तार गर्न नसेकेकोमा चिन्ता व्यक्त गर्दै छिटै नै ती क्षेत्रहरुमा विद्युत्त सेवा विस्तार गर्न पहल गरिने कार्यालयले जनाएको छ ।