स्मार्ट सामसुङ मोबाईल बुटवलमा

– कृष्ण खनाल


बुटवल ।  बुटवलमा पहिलोपटक सामसुङ स्मार्ट मोबाईलको ब्राण्डेड मोबाईल शोरुम साचालनमा आएको छ । बुटवलको ट्राफिकचोकमा नेशनल मोबाईल हवको बुधवार सुभारम्भ गरिएको हो ।

 

 कैलाश प्रधानले पहिलोपटक स्मार्ट फोनको व्यापार सुरु गरेका हुन् । उनले न्यूनतम १३ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँसम्मका विभिन्न मोबाईलहरुको विक्री शुरु गरिएको जानकारी दिए ।

 

उद्घाटन कार्यक्रममा नेपाल कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले उद्घाटन गरेका हुन् । कार्यक्रमम नेपाल कराँते  संघका केन्द्रीय उपाध्यक्ष दिपक मोल्होत्रा पश्चिमााचल कराँते संघका अध्यक्ष भरत बहादुर के.सी बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक स्थानीय व्यापारी गोपाल अधिकारी लगायतले सफलताको शुभकामना मन्तव्य राखेका थिए ।