बुटवल स्वाधीन । पर्रोहा दुर्गा भवानी उच्च मावि पर्रोहा ६ वनकट्टाले एक कार्यक्रमको आयोजना गरी कक्षा १२ पास गर्ने विद्यार्थीहरुलाई विदाई कक्षा ११ पढ्न आउने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । २०४९ सालमा स्थापना भएको उक्त विद्यालयले १९ वर्षमै कक्षा १२ सम्मको कक्षा संचालन गरी रुपन्देहीकै नमुना विद्यालय बन्न पुगेको छ स्थानीय समाजसेवी शिक्षा प्रेमीको अथक प्रयासबाट छोटो समयमै विद्यालयले भौतिक तथा शैक्षिक प्रगती गरेकोमा वक्ताहरुले प्रसंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एनेकपा माओवादीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा स्थानीय समाजसेवी भक्ती पाण्डेले इमान्दार र अनुशासित भई आफ्नो शिक्षालाई अगाडि बढाउन विद्यार्थीलाइ आग्रह गर्दै स्कुललाई आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षँ नारायण गौतमको अध्यक्षँता शिक्षक सूर्यविक्रम रानाको संचालन प्लस टु कोर्डिनेटर टंकप्रसाद चापागाईको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य रुद्र शर्मा पूर्व अध्यक्ष बालकृष्ण पौडेल पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चित्रवहादुर केशी व्यवस्थापन समितिका सदस्य जगन्नाथ न्यौपाने कक्षा १२ पास गर्ने विद्यार्थी स्नेहा पन्थी कक्षा १२ का विवेक पौडेल लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थी अस्मिता गैरे मनिषा केसी असिम मल्ल लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अविर लगाई कक्षा १२ पास गर्ने १८ जना विद्यार्थीहरुलाई मायाको चिनो र कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई पुष्प गुच्छा द्धारा स्वागत गरिएको थियो ।