काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २ रङ्गको ग्याँस सिलिण्डर र उपभोक्ता कार्ड प्रणाली कार्यान्वयनमा सहयोग गर्न ग्याँस व्यवसायीहरुलाई आग्रह गरेका छन् । राजधानीमा ग्याँस विक्रेता महासंघको महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले ग्याँसको ब्यवस्थित वितरणका लागि दोहोरो मूल्य र २ रङ्गको सिलिण्डर लागु गर्नु अनिवार्य भएको बताए ।
यो अभियान सफल पार्न व्यवसायीको पनि सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि आग्रह प्रधानमन्त्रीले आग्रह गरे ।
उनले ग्याँसको कृत्रिम अभाव र कालाबजारी रोक्न पनि ब्यवसायीलाई आग्रह गरे । कार्यक्रममा राप्रपा अध्यक्ष पशुपति समशेर राणा र पूर्व वाणिज्य मन्त्री लेखराज भट्टले ग्याँस जस्तो अत्यावश्यकीय उपभोग्य वस्तुमा सरकारले लगाउँदै आएको मूल्य अभिबृद्धि कर खारेज गरिनुपर्नेमा जोड दिएका थिए । – RSS



