भारतको राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादबको छोरा जाँचमा अनुतीर्ण


पटना – भारतको राष्ट्रिय जनता दलका सर्वोच्च नेता लालुप्रसाद यादबको छोरा तेजप्रताप बीए आनर्स (प्रथम वर्ष )को जाँचमा अनुतीर्ण भएका छन् । उनले पटना युनिभर्सिटीको बीएन कलेजबाट राजनीतीक शास्त्रको जाँच दिएका थिए । दिनरात ननिंदाई राजनीतिकको पुस्कत पढ्ने तेजप्रताप फेला हुँदा आमा रावडी, आफन्त र कलेज प्रशासन छक्क परेका छन् ।


यसअघि झारखण्डका शिक्षामन्त्री बैद्यनाथ रामका दुई सन्तान पनि आईएको जाँचमा फेल भएका थिए । छोराछोरीको अध्ययनको बारेमा डिङ हाक्दै हिंडने रावडी र रामलाई ठूलो लाज भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘ राती राती जागेर छोराले पढ्न त पढे, तर के चाहि पढे नि ?,’ चुट्की लिंदै खबरहरु प्रकाशित भएका छन् ।

तेजप्रतापले आनर्सको फस्ट पेपरमा ३९ र सेकेण्ड पेपरमा ३७ नम्बर ल्याएका छन् । परीक्षा उत्तीर्ण हुनकालागि कम्तीमा ४५ नम्बरको जरुरी थियो । हुन त पटना युनिभर्सिटीले एक शर्तसहित तेजप्रतापसहित सबै विद्यार्थीलाई सेकेण्ड इयरमा प्रमोशन गरेको छ । योअनुरुप तेजप्रताप र अन्य विद्यार्थीले अर्को वर्ष दुवै परीक्षा उत्तीर्ण गर्नुपर्ने छ ।


लालुप्रसादको यात्रा पनि उक्त युनिभर्सिटीको छात्र राजनीतीबाट भएको थियो । उनको सात छोरी र दुई छोराहरु (तेजप्रताप र तेजस्वी ) छन् । बाल्यकालदेखि राजनीतीमा सक्रिय तेजस्वीलाई लालुले आफ्नै छत्रछात्रायमा प्रशिक्षण दिइरहेका छन् । क्रिकेटर समेत रहेका तेजस्वीले भारतको प्रतिष्ठित रणजी ट्राफीको एक टिमको सदस्य रहिसकेका छन् ।

 

एजेन्सी