काठमाडौं । अघिल्ला दिन निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार भने सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब २ अंकले सुधार भएर ४ सय १६ दशमलब आठ छ मा पुग्यो । बीमा र अन्य समूहका सूचकले नेप्सेमा सुधार ल्याएको हो ।
यस दिन बीमा समूहको सूचक सबैभन्दा उच्च २४ अंकले बढ्यो भने अन्य समूहको सूचक पनि ९ अंकले उक्लियो । अरु समूहका सूचक भने यस दिन पनि ऋणात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा ९१ कम्पनीको १ लाख ८६ हजार कित्ता शेयर करिब ५ करोड ९० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।



