दशैतिहारलाई मध्यनजर गर्दै आजदेखि काठमाडौंमा सुपथ मुल्यका सहकारी पसलहरु सञ्चालन

काठमाडौं । दशैतिहारलाई मध्यनजर गर्दै आजदेखि राजधानीमा सुपथ मुल्यका सहकारी पसलहरु सञ्चालन हुने भएका छन् ।

 

चाडपर्वको समयमा उपभोक्तालाई उचित सेवा सुविधा सहित सञ्चालन हुने सुपथ पसलमा साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेसनल ट्रेडिङ र दुग्ध विकास संस्थानले एकीकृतरुपमा विभिन्न उपभोग्य सामाग्री राख्नेछ ।


उक्त पसल राजधानीको कालीमाटी, कोटेश्वर, थापाथली, टेकु, पुल्चोक, रामशाहपथ र भत्तपुरमा सञ्चालन हुनेछ ।

 

पसलहरुमा दाल, नुन, तेल, चिनी, चामल, दुध लगायतका अति आवस्यकीय सामान राखिने छ ।


सरकारले नेसनल ट्रेडिङका निमिक्त बिक्री प्रबन्धक गोपाल घिमिरेको संयोजकत्वमा चार सदस्यीय सुपथ मूल्य पसल व्यवस्थापन समिति पनि गठन गरेको यसलाई व्यवस्थित बनाउने जनाएको छ । नेसनल ट्रडिङले दशै तिहारको अवसरमा मदिरा तथा विभिन्न औजार उपकरणमा पनि विशेष छुटको व्यवस्था गरेको छ । RSS