बुटवलमा अन्तर कलेज बास्केटबल सुरु

– कृष्ण खनाल

 

बुटवल – माणिमुकुन्द कलेज  योगिकुटीको आयोजनामा सोमबारबाट अन्तरकलेज  बास्केटबल प्रतियोगिता सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगिताको सोमबार एक कार्यक्रमका विच क्याम्पसअध्यक्ष दयाराम बस्यालले उद्घाटन गरेका हुन ।


विद्यालयका प्राचार्य टुकप्रसाद क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष दिनेश आचार्य विद्यालयका प्रध्यापक लालहरी पाण्डे संचालकहरु सालीकराम पौडेल कृष्ण प्रसाद गौतम गम प्रसाद रेग्मी लगाएतको आतिथ्यता रहेको थियो ।


उद्घाटन कार्यक्रममा विद्यालयका प्रध्यापक लालहरी पाण्डे एथ्लेटिक्स संघ रुपन्देही अध्यक्ष दिनेश आचार्य नेपाल पत्रकार महासंघ रुपन्देही सदस्य केशव भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।


प्रतियोगिताको पहिलोदिन भएको प्रतिष्पर्धामा आयोजक मणिमुकुन्द कलेजले भैरहवाको सेन्ट जेसेफ कजेलाई हरायो । मणिमुकुन्दले ४० र सेन्ट जेसेफले १५ अंक बटुलेको थियो । त्यस्तै दोस्रो खेलमा कालिका उच्च माविले बुटवले अक्फोर्ड उच्च माविलाई ३८-२ को अन्तरले हरायो ।

 

त्यस्तै तस्रो खेलमा मणिमुकुन्द कलेजले ग्लोरियस कलेजलाई ५५-१२ को अन्तरले पराजीत गरेको कलेजका प्राध्यापक लालहरी पाण्डेले जानकारी दिए ।