काठमाडौं । बुधबार सामान्य अंकले गिरावट आएको शेयर बजार परिसूचक नेप्सेमा बिहिबार भने केहि सुधार आयो । यसदिन नेप्से ६ अंक बढिले बढेर चार सय २३ दशमलब पाँच तीन विन्दुमा पुग्यो ।
यसदिन टेलिकम सूचिकृत अन्य समूहमा सबैभन्दा उच्च ४० अंक बराबरले र जलविद्युत समूहमा पनि ३२ अंकले बृद्धि आएसँगै नेप्से बढेको हो ।
यसदिन ९१ कम्पनीको २ लाख ३६ हजार कित्ता शेयर ७ करोड ४२ लाख रुपैयाँमा खरिद विक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
RSS