रानी मुखर्जीको फिल्म ऐइइयाको गीत आग भीले लोकप्रियता हासिल


मुम्बई – रानी मुखर्जीको फिल्म ऐइइयाको एक गीतले करिनाको आइटम गीत हलकट जवानीभन्दा तिब्र गतिमा लोकप्रियता हासिल गरेको छ। आग भी बोलको गीत अनलाइनमा सबैभन्दा छिटो लोकप्रियभएको हो। युट्युवमा अपलोड भएको १० दिनमा नै यो गीत हेर्नेको संख्या १० लाखभन्दा माथि नाघिसक्यो।

 

जवकी हलमा आएर उत्रने तरखरमा रहेको हिरोइनको हलकट जवानी अहिलेसम्म १२ लाख ८० हजारले हेरेका छन्।

‘यस्तो राम्रो रेस्पोन्सले मलाई धेरै खुसी दिएको छ,’ रानीले भनिन्, ‘मेरो नाचले धेरैलाई तानेको छ।’ कतिपयले विश्‍वास नै गर्न नसक्नेखाले नाचकारुपमा यसलाई व्याख्या गरेको रानीको दावी छ।


गीतमा रानी मुखर्जीले बैली डान्सको शैलीमा कम्मर मर्काउँछिन्। दक्षिण भारतीयको रुपमा देखिने उनी फिल्म डर्टी पिक्चरकी विद्या वालन झै देखिन्छिन्।

 

– एजेन्सी)