काठमाडौ – दशै तिहार नजिकिदै गर्दा स्थानीय बजारमा यस साता सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचादी व्यवसायी संघका अनुसार एक सातामा प्रतितोला सुनको मुल्य झन्डै १ हजार रुपैयाले तल झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेपनि अमेरीकी डलरको दाजोमा नेपाली रुपैया मजबुद हुदा स्थानीय बजारमा सुनको मुल्य घटेको हो । संघका अनुसार आइतवार स्थानीय बजारमा आइतवार प्रतितोला सुनको मुल्य ५९ हजार ७ सय ९० -दशग्राममा ५१ हजार २ सय ६०) रुपैया कायम भएको थियो । शुक्रबार घटेर तोलामा ५८ हजार ९ सय ४० -दशग्राममा ५० हजार ५ सय ३०) रुपैया कायम भयो ।
सोमवार अघिल्लो दिनको भन्दा घटेर प्रतिदशग्राम सुन ५१ हजार १ सय रुपैयामा किनवेच भयो । मंगलबार अझै घटेर दशगाममा ५१ हजार १० रुपैया कायम भयो । बुधवार प्रतिदश ग्राम सुन ५० हजार ७ सय ५५ रुपैयामा किनवेच भएको थियो । विहिवार दशग्राम सुन ५० हजार ५ सय ८५ रुपैयामा कारोवार भयो ।
अन्तर्राष्ट्रिय बजारमा आइतवार प्रतिआउन्स सुनको मुल्य १ हजार ७ सय ७१ डलर थियो । शुक्रबार बढेर आउन्सको १ हजार ७ सय ९३ डलर पुगेको थियो ।
यस साता चादीको मुल्य भने स्थिर रहेको छ । मंगलबारबाहेक साताका अरु दिनमा प्रतिदश ग्राम चादी १ हजार १६ रुपैयामा किनवेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आइतवार प्रतिआउन्स चादीको मुल्य ३४ हजार ४९ डलर रहेकोमा शुक्रबार बढेर आउन्समा ३५ दशमलब २ डलर कायम भएको संघले जनाएको छ ।
– कान्तिपुर