४४ करोड कर्जा लिई बैंक ढगीमा संलग्न क्रिष्टल फाइनान्सका सञ्चालक पक्राउ

 बैंकिङ कसुरको अभियोगमा क्रिष्टल फाइनान्स लिमिटेडका सञ्चालकहरू पक्राउ परेका छन् ।  प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत अनियमित ढङ्गले रु ४४ करोड ६० लाख कर्जा लिई त्यो चुक्ता नगरी लगानीकर्ता व्यक्ति एवम् संस्था तथा वित्तीय प्रणालीलाई जोखिममा पारेको भन्दै केन्द्रीय बैंकको निर्देशनअनुसार उनीहरूलाई पक्राउ गरिएको हो । 

    क्रिष्टल फाइनान्स लिमिटेडका संस्थापकद्वय अन्जुदेवी श्रेष्ठ र कल्पना श्रेष्ठ तथा उनीहरूका परिवारका सदस्य एवम् अप्रत्यक्षरुपमा ऋण उपयोग गर्ने र तिर्न कबुल गर्ने दिव्यकुमार श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गएराति अबेर पक्राउ गरेको हो । 

    ब्यूरोका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ लगायत प्रचलित कानुन तथा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कारबाही हुनेछ । 

    राष्ट्र बैंकले अभियुक्तहरूका राहदानी रोक्का गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ । 

    यसैबीच  फ्लाई दुबईको उडानबाट दुबई जान लागेका काठमाडौँ महानगरपालिका