उपकार बचत छैठौं बर्षमा

बनेपा । आजको बचत भोलिको आधार सबैको सहकार्य सबैको उपकारु नाराका साथ पाँच बर्ष अघि बनेपामा स्थापित उपकार बचत तथा ऋण सहकारी संस्था लि. पाँचौं बार्षिक साधारण सभा राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञानबहादुर तामाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका अध्यक्ष ठाकुर गौतमको सभापतित्वमा सम्पन्न सभामा बहुउद्देश्यीय सहकारी संघ काभ्रेका अध्यक्ष विधान जोशी राष्ट्रिय सहकारी बैंक बनेपाका प्रबन्धक उपेन्द्र दाहाल मदन भण्डारी स्पोर्टस् एकेडेमी काभ्रेका अध्यक्ष मुक्ति विष्ट लगायतले मन्तव्य राखेका थिए । 


सभामा संस्थाका सचिव मनोजकुमार न्यौपानेले बार्षिक प्रगति प्रतिवेदन र आगामी बर्षको कार्ययोजना कोषाध्यक्ष राजकुमार आचार्यले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नवराज भूर्तेलले संस्थाको लेखा प्रतिवेदन पेश गरेका थिए ।

 

संस्थाले ७ करोड ५२ लाख ५६ हजार २ सय २४ बचत संकलन गरी आ.व. ०६८।०६९ मा ११ करोड ८६ लाख ६७ हजार ९ सय ४६ को कारोबार गरेको छ । ९ सय ३३ जना शेयर सदस्य भएको संस्थाले उत्कृष्ट बचत कारोबार गर्ने आशाकाजी श्रेष्ठ र उत्कृष्ट कर्जा कारोबार गर्ने चुडामणी सत्याललाई साधारण सभामा सम्मान गरिएको थियो ।

 

संस्थाले आफ्नो त्रि-बर्षीय कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने र शेयर सदस्यहरुको हितको लागि दुर्घटना विमाको व्यवस्था गर्ने र विभिन्न बचत योजना ल्याउने संस्थका अध्यक्ष ठाकुर गौतमले बताए ।