नेपालले साउदीलाई ९ विकेटले हरायो

नेपालले साउदीलाई ९ विकेटले हरायो 
उमाकान्त पाण्डे गाउले
आबुधाबी  – युएईमा चलिरहेको एसिसी एलिट कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । 
आबुधाबीमा रहेको शेख जायद स्टेडियममा भएको खेलमा नेपालले साउदी अरेवियालाई ९ विकेटले हरायो । 
जितका लागि पाएको १ सय ३२ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव १ ओभरमा ओभरमा भेट्टायो । 
अनिल मण्डल २९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ६१ र सुवास खकुरेलले ३५ रनमा नट आउट रहे । 
टस हारेर पहिला ब्याटिङ्ग गरेको साउदीले ४८ दशमलव २ ओभरमा १ सय ३१ रन बनाएको थियो । 
नेपालका लागि कप्तान पारस खड्का र वसन्त रेग्मीले ३