शेयर बजारमा पुनः गिरावट

काठमाडौं । अघिल्ला दिन सामान्य सुधार हुँदै आएको शेयर बजारमा सोमबार भने पुनः गिरावट आयो ।

 

उतार चढावबीच बजार परिसुचक नेप्से करिब डेढ अंकले झरेर ४ सय २६ दशमलब पाँच सातमा आइपुग्यो ।

 

जलविद्युत, अन्य र बीमा समूहका सूचकमा उच्च गिरावट आएसंगै अरु बाँकी समूहका सूचक सकारात्मक रहेपनि नेप्से धनात्मक रहन सकेन ।

 

यस दिन जलविद्युत समूहको सूचकमा १८ अंकको गिरावट आयो ।

 

 अन्य समूह पनि १६ अंकले झर्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३ कम्पनीको ३ लाख ४९ हजार कित्ता शेयर ७ करोड १२ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

– RSS