काठमाडौं । दशै तिहार र छठ जस्ता पर्वलाई लक्षितगरी सरकारले गत हप्ता देखि सुरु गरेको सस्तो बजारमा उपभोक्ताको भिड बढ्दै गएको छ । सरकारले उपत्यकाका तीन जिल्लाका १७ ठाउँ र मोफसलका ४९ ठाउँमा सुपथ पसल संचालन गरेको हो । संचालन गरेको केहि दिनमा उपभोक्ता नआए पनि क्रमिक रुपमा उपभोक्ता बढ्दै गएको बताइएको छ ।
दैनिक रुपमा न्युनतम १५ हजार उपभोक्ताले सामान खरिद गर्दै आएको साल्ट ट्रेडिङ्गका कर्मचारी श्रीजन रेग्मीले बताउनु भयो । कतिपय सुपथ पसलमा गुणस्तरहिन खाद्यबस्तु उपलब्ध गराइएको सुचना बाहिर आए पनि उपत्यकामा त्यस्ता नपाइएको उपभोक्ताको भनाई छ । साल्ट ट्रेडिङ्ग, नेस्नल टे



