– वीरेन्द्र केसी
अर्घाखाँची – चोरी डकैतीलुटपाट र झै भगडालाई नियन्त्रण गर्न अर्घाखाँची प्रहरीले गाउँमा पैदल गोस्ती नाकामा चेकजाँज गर्न विशेष टोली परिचालन गरेको छ ।
चाडपर्व नजिकीदै जाँदा जिल्लामा कुनै पनि अपि्रय घटना हुन नदिन रणनीति बनाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारी गोविन्दमान भुर्तेलको अध्यक्षतामा बसेको बैठकमा प्रहरी नायव उपरीक्ष अरुण पौडेलले शान्ति वगैचा चुत्रावेशी हललाईनमा चेक जाँच र सुरक्षाको लागि टोली राखिएको गाउँमा आवश्यता अनुसार पैदल गोस्ती गर्ने र आफनो नेतृत्वमा आकस्मिक विशेष टोली बनाएको बताए । उनले शहर र गाउँमा सादा पोशाकका सुचना संकलन टोली कार्यालयमा आकस्मिक टोली र आफनो नेतृत्वमा विशेष टोली निर्माण गरिएको बताए ।
सन्धिखर्क गोरुसिङे लोकमार्गमा पर्ने ठाडा अमराई नरपानी घुम्ती चाक्ला र सन्धिखर्कमा सवारी साधनमा चेकजाँच कडा परिएको छ । त्यस्तै गाउँका मुख्य सडकका चोकमा पनि सुरक्षा कडा परिएको उनले बताए । चाडलाई मध्यनजर गरी प्रहरीलाई ६ घण्टा भित्र सुत्न नपाईने नियम बनाएका छौ उनले भने दसैको टीकाको दिन कोही घर जाँदैनौ यही सामुहिक लगाउँछौ । दसैमा मेला लाग्दा आकस्मिक घटना हुने झै झगडा र मदिरापान गरी हो हल्ला समेत गर्नेलाई कारवाही गरिने भएको छ । सवारी चालकलाई पनि कडा नियम लागु हुने भएको छ । सदरमुकाबाट लामो दुरीका सवारी साधनमा दुई चालक अनिवार्य हुनुपर्ने सिट क्षमता भन्दा बढी यात्रु राखे कारवाही गरिने चालक अनुमति पनि सर्वसाधारण स्पष्ट देख्ने गरी झुण्डाउनुपर्ने टाफिक नियम उल्लङघन गर्ने चालकलाई कडा कारवाही गरिने पौडेलले बताए ।
बैठकमा देउराली यातायात व्यवासायी समिति पश्चिमाञ्चल बस व्यावसायी संघ उद्योगी व्यपारी नागरिक समाज साचारकर्मी उपभोक्ता लगायतका पदाधिकारी स्थानीय विकास अधिकारी सम्मिलित बैठकले चाडमा सहज हुने गरी वर्षाले अवरुद्ध भएका सडक हटाउन जिविसलाई प्रजिअ भुर्तेलले निर्देशन दिएका छन । त्यस्तै बजारमा सडक मिचर राखिएका सामाग्री नहटाए पनि कारवाही गर्ने भएको छ । बैठकमा जीप पार्क बनाउन देउराली यातायात व्यवसायीलाई ठाउँ छनोट गरी जीप पार्क तत्काल बनाउन र बजारका घर अगाडी नीजि तथा समितिद्धारा साचालित गाडीहरु नराख्न र जथाभावी पार्किङ गर्न रोक लगाएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।