काठमाडौं । नेपाल एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अबु धाबीमा हुस्सु लागेपछि ४५ ओभरमा घटाइएको खेलमा दावेदार नेपालले मलेसियालाई २१ रनले हराउँदै फाइनलमा स्थान पक्का गरको हो । नेपालले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको नोक्सानीमा मात्र २ सय २० रन बनाउन सक्यो । सुस्त शुरुवात गरेको मलेसियाको इनिङ्गमा कप्तान सुहान कुमारले सर्वाधिक ४३ रन बनाए ।
त्यसैगरी आउट हुनुअघि सफिक शरिफले ३० बलमा ४२ रन बनाउँदा कुनै समय खेल मलेसियातर्पm ढल्किएको थियो । पराजित टोलीका ओपनर पैmजाल अबु हसनले ३३ रनको गोगदान दिए ।
कसिलो बलिङ्ग गरेका नेपालका पृथु बास्कोटाले ३ विकेट लिए भने शक्ति गौचनले २ विकेट लिए । यसैगरी, कप्तान पारस खड्का, अमृत भट्टराई, बषन्त रेग्मी र भुवन कार्कीले १