नया परिचय स्थापित गर्न चाहन्छन आशिष पुरुष

त्रिलोचन कोइराला / युएइ


हिजो शहरको  सांगीतिक भिडले उनलाई फनफनी घुमायो उनि पनि भिडले जता धकेलो त्यतै हुत्किन्थे पनि तर  आज समय फेरिएको छ उनि सास्कृतिक लगाबमा जता पुगे भिड उतै पुग्छ । हिजो सहरले जसरि उनलाई फनफनायो आज त्यहि सहरलाई उनि घुमाउछन ।आज शहर उनको पछी पछी छ उनि अर्थात आशिष पुरुष अगी अगी ।  

आत्माबिस्वाश भएपछि रहरले पनि पुर्णता पाउछ भन्ने प्रमाण बनेका छन कलाकार आशिष पुरुष । सानै देखिको उनको कलाकारितामा रमने रहर आज उनको आत्माबिस्वास लगानसीलता अनी त्यसैको लगाबले शहरका स्थापितहरुको माझमा अग्रपंतिमा छन आशिष ।


चितवन चैनपुर घर भई  रोजगारीको लागि एक दसक देखि युएइमा रहेका आशिष मनको  कुण्ठालाई दबाएर राखे नेपालमा छदा तिन गाउका साथीहरुलाई कम्मर मर्काउदै नचाउने आशिष उनको मनोकान्क्षा छ  बर्ष अघि पुरा भयो जसबेला   बिदा मनाउन नेपाल गएको समयमा   गाउले साथि  प्रनेश बस्नेतको लिसन एल्बमको यो जन्म यस्तै भयो तिम्रो साथ पाउन सकिन………..  गीतमा  मोडलिङ गर्ने अबशर पाए । पुरुषको पहिलो प्रयासनै सफल भएपछी सांगीतिक यात्रामा पछाडी फर्किएर हेर्नु परेको छैन । उनको मोडलिङ उचाई झनै माथि पुग्यो जब नायिका पुजना स्त्री  सगै तिमि नै मेरो जीवन साथि………… भन्दै एक साथ गीतको भिजिएलमा  देखिए । मोडलिङमा लामो मेहनत गरेका  आशिष  हावा झैँ उदाउन बताश झैँ हराउन चाहदैनन मेहनत गर्छन अनी कामप्रति लगनशील हुन्छन उनको यहि लगाबले नै आफ्नु मोडलिङ यात्रामा  सफलता  लिदै गएका  छन आशिष पुरुष    । आशिषले मोडलिङ गरेका गीतहरुले चर्चा पाईरहेको बेला  युएइमा उनको गायक छविकिरण भट्टराईसग भेट भयो  भट्टराईको गीति एल्बम मूल्यको गीत तिम्ले पनि महिले जस्तै घोका खानु पर्ला अनी तिमिले पनि आशु झार्नु पर्ला ……….. त्यस पछी त आशिषको मोडलिङ संसारमा थप इँटा जोडीए निरज संगीतको बिलिप एल्बममा रहेको एकलै बाच्छु तिम्रो साथ बिना ….सम्म  आइपुग्दा सम्ममा ।

गीतमा मात्र मोडलिङ गरेका पुरुषको चर्चा झनै बडो युएइको सांगीतिक  दर्शकहरुमा जब   चर्चित गायक राजु लामा युएई आएको बेला उनले क्यान्डीलको  आगोलाई आफ्नु शारिरमा  जलाउदै नित्य गरे  उनको त्यश नित्यले  युएइको सांगीतिक माहोललाई नै फेरिदियो । युएइमा सास्कृतिक कार्यक्रमहुन  आशिष पुरुष अनिवार्य झै हुनपुग्यो । उनको परिचय नै  भयो क्यान्डील नित्य ।उनले तिन बर्षमा एक दर्जन बडि कार्यक्रममा आगोसग नित्यको खेल  खेली सकेका छन ।आशिष बियोग्यात गीतमा मात्र  मोडलिङ गर्छन आगो सग मात्र खेल्छन मात्र  होइन पानिमा पनि रमाउन सक्छन रोमंश पनि गर्न सक्दछन  भखर मात्र दुबाईको बिभिन्न रमणीय स्थान तथा समुन्द्रमा पुजना स्त्री सग रोमांश गर्दै रामचन्द्र काफले र जुना प्रसाइको रिमिक्स गीत सागरको निलो गहिराइमा………… मोडलिङ गरे पछी उनले प्रमाणित गरे आशिष गीतको बिषयसंगै दगुर्न सक्छन , संगीतलाई आफ्नु पाखुरामा बादन सक्छन ।   


नेपालि तारा दुइ सन्तोष लामाको सुन्दैछु तिमि टाडा जादै छौ रे मायाको चिनु ……..गीतमा मोडलिङ गरिसकेका आशिष अब चाडै  पुजना स्त्रीको नेपालि चलचित्र नमस्ते दुबाईमा मुख्य कलाकारको भूमिकामा देखिदै छन । भुवन केशीको अभिनय देखेर मोडलिङमा लाग्ने सपना देखेका आशिषले गीत सगै चलचित्रमा पनि अभिनय गरेर पुरा गर्दै छन  नमस्ते दुबाई मार्फत आशिष भन्छन यो चलचित्र पछी मेरो मोडलिङ कलाकारितामा नया परिचय स्थापित हुनेछ ।